११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा

११ मंसिर, काठमाडौं । मंगलबार बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी मंगलबार पठाओमा आएर सर्वोच्च अदालतको मुल गेट नजिकको बोर्डमा कालो रङ छ्यापेको प्रहरीले जनाएको छ ।

यादव आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । यसै सम्बन्धमा उनले अदालतको सम्बन्ध बिच्छेदको फैसला सुनेपछि अदालत परिसरमै आएर विष सेवन समेत गरेकी थिइन् । साथै उनी यसअघि आमरण अनशन पनि बसेकी थिइन् ।

सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० जेठमा जुस पिलाएर अनशन तोडाएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १३:२०