१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मानव तस्करीको आरोपमा एमाले सांसद अधिकारीलाई सफाइ

१० मंसिर, काठमाडौँ । नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीले मानवस्करीको मुद्दामा सफाइ पाउनुभएको छ । मानवस्करीको अभियोग लागेपछि कोशी प्रदेशको मन्त्रीबाट राजिनामा दिनुभएको अधिकारीले सोमबार जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौबाटै सफाइ पाउनु भएको हो ।

कोशी प्रदेशसभा सदस्य अधिकारीविदरूद्ध मुद्दा नचलाउने निर्णय गर्दै सोही प्रकरणमा अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अधिकारीले घटनाको जानकारी गराएका कारण उनीमाथि मुद्दा नचलाउने निर्णय भएको छ । फौजदारी कानुनका ज्ञाता रहेका अधिकारी निवर्तमान कानुनमन्त्री समेत हुनुहुन्छ ।

dainiki.com

अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ पर्नुभएको थियो । प्रहरीले पक्राउ गरेर अनुसन्धान गरे पनि उहाँले अभियोग निरन्तर अस्वीकार गर्दै आउनुभएको थियो । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सिताराम अर्याललेले मानवतस्करीको मुद्दामा ११ विरूद्ध मुद्दा दायर भएको जानकारी दिनुभएको छ ।

जापानको कार्यक्रममा भाग लिन जानेभन्दै मानवस्करी गर्न खोजेको पत्तो पाएपछि जापानको अध्यागमनले अधिकारीसहित जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई डिपोर्ट गरिदिएको थियो । त्यसपछि यो विषयमा बाहिर सार्वजनिक भएको थियो । नेकपा एमालेले अधिकारी माथि अभियोग लागे लगत्तै पार्टीको संगठित सदस्यसमेतबाट निलम्बन गरेको थियो । अब उनको कारबाही फुकुवा हुनेछ । प्रहरीले प्रकिया पूरा गरेर अधिकारीलाई सोमबारै साँझ रिहा गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १९:१९