१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मन्त्रिपरिषद् बैठक बस्दै, धितोपत्र बोर्डले नेतृत्व पाउने सम्भावना

१० मंसिर, काठमाडौँ । मन्त्रिपरिषद् बैठक साँझ बस्ने गरी बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने बैठकमा नेपाल धितोपत्र बोर्ड ९सेबोन०को अध्यक्ष नियुक्तिको सिफारिस पेश हुने सम्भावना रहेको छ ।आइतबार नै अध्यक्षका आकांक्षीहरूसँग अन्तर्वार्ता सकिएर तीन जनाको नाम सिफारिस गरिएको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले आइतबार सन्तोषनारायण श्रेष्ठ, डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । जसमध्ये सन्तोषनाराषण श्रेष्ठको नाममा यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाइसकेका कारण उहाँनै अध्यक्ष हुने सम्भावना रहेको छ ।

अघिल्लो सरकारकै समयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन अर्थमन्त्री वर्षामान पुन अनन्तले सेबोनको अध्यक्षमा ओलीले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्न सिफारिस गरेपछि अध्यक्षको नियुक्तिमा पाँच अर्बको डिल भएको भन्दै समाचारहरू बाहिरिएका थिए । यद्यपी पाँच अर्बका बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट पारिसक्नुभएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १४:११