सभामुख घिमिरे आज कम्बोडिया जाँदै
७ मंसिर, काठमाडौं । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । उक्त सम्मेलन कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म हुँदैछ ।
सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । यस सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १०:०५