सर्वोच्चले नदीनाला वरपर २० मिटर खुला राख्नुपर्ने मापदण्डको फैसला पुनरावलोकन गर्ने
६ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीनाला वरपर २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने भएको छ ।
बिहिबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरु डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले आफ्नो फैसलालाई पुनरावलोकनको अनुमति प्रदान गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संघीय मामिला मन्त्रालयले उक्त फैसला पुनरावलोकन हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्चले बाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदि र खोलानाला वरपरका २५ मिटर क्षेत्रमा कुनै निर्माण अनुमति नदिन सरकारका नाममा आदेश दिएको थियो ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १८:५९