६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

सेयर बजार ३१ अंकले घट्यो, ८ अर्ब २५ करोडको कारोबार

६ मंसिर, काठमाडौँ । बिहीबार सेयर बजार ३१.३१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा कायम भएको हो ।

बिहिबार सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच भएको छ । जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहिबार १९७ कम्पनीको सेयर मूल्य घटेको छ । ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटाको मूल्य स्थिर रहेको छ ।

यस दिन सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

बिहिबार १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १६:१३