सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
६ मंसिर, काठमाडौँ । बिहिबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । उक्त बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको हो ।
बैठकमा प्रधानमन्त्रीको आगामी चीन भ्रमण र यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन तथा शान्ति सुरक्षाका विषयमा छलफल हुने कार्यसूची रहेको छ। साथै मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ०९:४८