५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

५ मंसिर, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

मंगलबार भक्तपुरस्थित घरबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको अभियोगमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसैक्रममा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका एसपी होबिन्द्र बोगटीले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार १३:५१