सभामुख घिमिरे कम्बोडिया जाँदै
५ मंसिर, काठमाडौँ । मंसिर ७ गते सभामुख देवराज घिमिरे कम्बोडिया जाने भएका छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आइपिटिपी) मा सहभागी हुन सभामुख घिमिरे कम्बोडिया जान लागेका हुन्। उक्त सम्मेलन कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म हुँदैछ ।
यसैक्रममा सभामुख घिमिरे मंसिर ७ गते गएर ११ गते फर्कने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार १३:११