५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने

५ मंसिर, काठमाडौँ । सानिमा बैंक लिमिटेडले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव मंगलबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले निर्णय गरेको हो ।

सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ११:१७