म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै
५ मंसिर, काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ ।
मेडिकल व्यवसायी प्रसाईँ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा मंगलबार पक्राउ परेका थिए । यसैक्रममा प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
उनीविरुद्ध साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।
प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।
प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार १०:१३