११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

४ मंसिर, काठमाडौँ । जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  मन्त्री अधिकारीलाई मंगलबार जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीका अनुसार मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १७:२१