२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

कर सप्ताहः कर प्रशासन र व्यवसायीबीच मैत्रीपूर्ण फुटसल

२ मंसिर, काठमाडौँ । सप्ताहव्यापी रूपमा कर दिवस मनाउनेक्रममा आइतबार कर प्रशासन र व्यवसायीका बीचमा मैत्रीपूर्ण फुटसल भएको छ । आइतबार कर सप्ताह अन्तर्गत उपत्यकाव्यापी कर कार्यालय र निजी उद्योगी व्यवसायीका  २२ टिमबीच आज र भोलि फुटसल प्रतियोगिता हुँदैछ।

कर विभागको नेतृत्व र उधोग वाणिज्य संघ संगठनका नेतृत्वको बीचमा आज भएको उद्घाटन फुटसल प्रतियोगितामा दुबै तर्फबाट दुईरदुई गोल भएको छ। खेलमा उद्योग वाणिज्य महासंघको तर्फवाट अम्विकाप्रसाद पौडेल र आन्तरक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्य शुभकामना दिनुभएको थियो ।

आइतबारको खेल भक्तपुर दिव्यश्वरि फुटसलमा भएको फुटसल प्रतियोगिता उप समिति संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । कर प्रणाली को सार, लगानिको आधार भन्ने नारा सहित कर सप्ताह २०८१ शुरु भएको छ।

प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार १५:३४