सरकारले बढायो डिजल र मट्टितेलको मूल्य, यस्तो छ नयाँ मूल्य
३० कार्तिक, काठमाडौँ । सरकारले डिजल र मट्टितेलको मूल्य बढाएको छ । उद्योग मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले शुक्रबार डिजल र मट्टितेलको मूल्य बृद्धि गरेको हो ।
निगम सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डिजेल र मिट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बृद्धि गरेको हो । निगमले यो मूल्य १२ बजेपछि लागू हुने जनाएको छ ।
योसँगै काठमाडौँ र पोखरामा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार २०:४३