२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडमाथिको कारोबार

२९ कात्तिक, काठमाडौँ । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेकाे छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २,७४८ को विन्दुमा कायम भएको छ । आज १५९ कम्पनीको मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव १२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार १५:४०