९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

जुम्लामा निःशुल्क कान शिविर, २५९ जना लाभान्वित

२९ कात्तिक, जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।

गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताउनुभयो । पालिकाले अन्य स्थानमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार ११:२४