पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
२५ कात्तिक, काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् ।
समितिले आइतबार एक सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले ‘पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ बमोजिम १० दिनभित्र दरखास्त दिन भनेको छ । उक्त विश्वविद्यालयले उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा. प्रेमनारायण अर्यालको चार वर्षे कार्यकाल समाप्त भएसँगै नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ ।
प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १०:२३