११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन

२४ कार्तिक, काठमाडौँ । प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै शनिबार सुर्खेतमा आन्दोलन सुरु भएको छ । शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै मृतक तथा घाइतेहरुका आफन्तहरूले शनिबार आन्दोलन सुरु गरेका हुन् ।

मृतक तथा घाइतेहरुका आफन्तहरूले यातायातसँग सम्बन्धित ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने, चेकपोष्टमा भएका प्रहरीलाई कारबाही गर्नुपर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको व्यवस्था राज्यले व्यहोर्नुपर्ने माग गर्दै उनीहरूले शनिबार सुर्खेतमा आन्दोलन गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार १२:०४