११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना

२२ कात्तिक, विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पत्र गरिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १०:५०