११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

२१ कात्तिक, काठमाडौँ । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ । मंगलबार टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको हो ।

नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

टिकटकले तिहार अघि नै दर्ता प्रक्रिया पुरा गरिसकेको थियो । तर तिहार विदाका कारण कम्पनीले हिजो मात्र प्रमाणपत्र लिएको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा टिकटक दर्ता गरिएको हो ।

योसँगै, अब टिकटकले साइबर अपराधको अनुसन्धानमा सघाउने र नेपालको कानून तथा सर्त मान्न तयार हुँदै पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १४:२०