९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन

२० कात्तिक, काठमाडाैँ । बलेफी हाईड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बलेफी हाईड्रोले निष्कासन गर्ने १ः१ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो ।

कम्पनीको सेयरमूल्य समायोजनपश्चात प्रतिकित्ता ३०६.६० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३०.२० रुपैयाँ कायम थियो ।

त्यस्तै, लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २१७.३३ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७६ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १८:४१