भारत हुँदै अफ्रिकामा डान्सबारमा बेच्न लगिदैँ गरेका १३ नेपाली चेलीको उद्धार
१० पुस, काठमाडाैँ । भारत हुँदै अफ्रिकामा बेच्न लगिदैँ गरेका १३ नेपाली चेलीको उद्धार भएको छ । भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी मंगलबार काठमाडौँ ल्याइएको छ ।
नेपाली जनसम्पर्क समिति, भारतले अहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी काठमाडौं ल्याएको अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उद्दार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्रसमेत बरामद गरिएको जानकरी दिए । पाण्डेका अनुसार नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाइदिने प्रलोभनमा बेच्न लगेका थिए ।
प्रकाशित मिति : १० पुष २०७५, मंगलवार १७:५८












