१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

राष्ट्रपति पौडेलबाट छालाको जुत्ता लगाएर गाईको पूजा

१७ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गर्नुभएको छ ।  कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको हो ।

राष्ट्रपति पाैडेलले छालाको जुत्ता लगाएर नै गाईको पूजा गर्नु्भयो । हिन्दू संस्कारमा छालाको जुत्ता लगाएर पूजा गर्नुलाई राम्रो मनिदैन । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ ।

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार १२:२७