बाँसको सामाग्रि निर्माण गरेर जीविकोपार्जन गर्दै नवलपरासीको सूर्यलाल
१५ कात्तिक, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आउनुभएको छ ।
बुबाले विसं २०५२ मा सुरु गर्नुभएको व्यवसायलाई उहाँले निरन्तरता दिनुभएको हो । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको ¥याक बनाई उहाँले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आउनुभएको छ । व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा ¥याकको माग गर्ने भएकाले उहाँको दैनिकी ¥याक बनाउनमै बित्छ । “अहिले ¥याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत ¥याक बनाएर बस्नु परेको छ”, उहाँले भन्नुभयो, “¥याक लिन व्यापारीहरु आफैँ गाडी लिएर आइपुग्छन् ।” बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उहाँको भनाइ छ । उहाँका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा ¥याक तयार गर्छन् ।
विभिन्न चार आकारको र्याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा रु तीन सय १० देखि रु पाँच सयसम्ममा बिक्री गर्दै आएको बताउनुभयो । र्याक बिक्रीबाटै खर्च कटाएर उहाँले हाल मासिक औसतमा रु ३० हजार बचत गर्ने गरेको बताउनुभयो । कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट र्याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ ।
“र्याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ”, उहाँले भन्नुभयो, “छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।” र्याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उहाँले बताउनुभयो । सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उहाँले बताउनुभयो । सुरुमा रु १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उहाँको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर ¥याक बनाउन सकिन्छ ।
प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १६:२३