मन्त्रिपरिषद् बैठक बस्दै
१३ कार्तिक, काठमाडौँ । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ । उक्त बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाउनुभएको हो ।
आजको यस बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिनुभयो । प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए ।
यद्यपि बैठकका प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा समेत छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार ११:०४