११ कार्तिक २०८१, आईतवार | Sun Oct 27 2024

प्रचण्ड माथि अर्जुन पराजुलीको कविताः तिम्रो आन्दोलन, तिम्रो नारा कुर्सी नपाउन्जेल !

११ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि कवि अर्जुन पराजुलीले कविता मार्फत व्यंग्य गर्नुभएको छ । आइतबार कविता मार्फत पराजुलीले प्रचण्डको आन्दोल कुर्सी पाउनका लागि भएको उल्लेख गर्नुभएको छ । उहाँले आन्दोलन कुर्सी प्राप्त गर्नका लागि भएको र कुर्सी प्राप्त गरेपछि छोरी, छोरा, भाइ, भतिजामा अल्झिने भन्दै यथार्थपरक टिप्पणी गर्नुभएको छ ।

उहाँले कुर्सी नपाउँदासम्म प्रचण्डले जनता महान, जनता प्यारा भन्ने गरेको पनि उल्लेख गर्नुभएको छ । कवितामा प्रचण्डले मान्छे उचाल्ने, लडाउने र भिडाउने गर्ने काममा जोड दिने र त्यो पनि कुर्सी प्राप्त नगर्दासम्म हुने बताउनुभएको छ । शनिबार नेकपा माओवादी केन्द्रले काठमाडौँ झण्डै सात हजार कार्यकर्ता उतारेर खबरदारीसभाको नाममा गरेको आन्दोलन माथि टिप्पणी गर्दै उहाँले कविता लेख्नुभएको हो ।

यस्तो छ पराजुलीको कविता

तिम्रो आन्दोलन, तिम्रो नारा

कुर्सी नपाउन्जेल !

जनता महान, जनता प्यारा

कुर्सी नपाउन्जेल !

शहीद, सिद्धान्त, घाइते, याद

कुर्सी नपाउन्जेल !

मार्क्स, लेनिन, मुडकी, माअोवाद

कुर्सी नपाउन्जेल !

टपरीमा ढँडो, खायो हिँड्यो

कुर्सी नपाउन्जेल !

मान्छे उचाल्यो, लडो भिडो

कुर्सी नपाउन्जेल !

वाचा, कसम, पछुतो नतिजा

कुर्सी नपाउन्जेल !

छोरी, छोरा, भाइ भतिजा

कुर्सी पाउन्जेल !!

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १३:५९