१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक

११ कार्तिक, काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ । आइतबार गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘गैरआवासीय नेपाली अवैतानिक राजदूत हुन्। नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ। तपाईहरू रहेको देशमा तपाईको अनुहार र व्यवहारमा नेपाल झल्किन्छन्। जुन देशको नागरिक भएपनि नेपाली हुँ भन्दै आउनुभएको छ,’ उहाँले भन्नुभयो ।

गृहमन्त्रीले गैरआवासीय नेपालीको उद्देश्यले नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरूले उत्कृष्ट काम गरिरहेको समेत बताउनुभयो ।

गैरआवासीय नेपालीको उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौं,’ उहाँले थप भन्नुभयो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १२:३९