८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

२६२७.१४ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम पनि घट्यो

८ कार्तिक, काठमाडौँ ।  साताको पाँचौ दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। बिहिबार नेप्से १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा बन्द भएको छ।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ८६ करोड रूपैयाँले कमी आएर ५ अर्ब ४१ करोड मात्र कारोबार भएको छ । बिहिबार ३१७ वटा धितोपत्रको एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच भएको हो। ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ।

त्यस्तै, ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

एनआइबिएल समृद्धि फण्ड–२ को मूल्य ५.७३ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ३९ पैसा कायम भएको छ।

यस दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३५७ रूपैयाँमा ३४ करोड ३१ लाखको सेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल एसबिआई बैंकको सेयर मूल्य सर्वाधिक ९.७५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५३० रूपैयाँ कायम भएको छ।

त्यसैगरी, पिपुल्स हाइड्रोपावरको मूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५०८ रूपैयाँ ८० पैसा पुगेको छ भने रावा इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७९९ रूपैयाँ २० पैसामा झरेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३१ रूपैयाँमा २४ करोड ९३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १५:५२