२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

प्रमुख कार्यकारी अधिकृत रावलको निधन

८ कात्तिक, काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको ह्दयघातका कारण निधन भएको छ । रावत बिहीबार बिहान भक्तपुरको नागरिक अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

मुटुमा समस्या भएपछि राति नै उहाँलाइ अस्पताल लगिएको थियो । ६१ वर्षीय रावलको श्रीमति, एक छोरी र एक छोरा हुनुहुन्छ । उहाँले विभिन्न अन्य इन्स्योरेन्स कम्पनीमा समेत प्रमुख भएर काम गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १०:१३