२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

महाकवि देवकोटाको जन्म जयन्तीमा एडिलेडमा साहित्यिक कार्यक्रम हुदै

एडिलेड । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अबसर पारेर एडिलेडमा लक्ष्मी जयन्ती विशेष सहित्यिक कार्यक्रम हुने भएको छ ।

नोभेम्बर १, शुक्रबार लक्ष्मी जयन्ती बिशेष कार्यक्रम गर्ने साहित्य अनुरागी तथा नेपाली समुदायका अभियन्ता पुष्कर कोइरालाले बताए ।

साहित्य अनुरागी एडिलेडले साहित्य सुनौ सुनाऔ भन्ने उद्घोष सहित २० मार्च २०१९ बाट साहित्य अनुरागीहरुको भेटघाट चलाउदै आएकोमा १३ श्रृंखला पछि रोकिएको थियो ।

नोभेम्बर १, शुक्रबारबाट लक्ष्मी जयन्ती बिशेष कार्यक्रम मार्फत फेरी निरन्तरता दिने जमर्को गरेका अनुरागी कोइरालाले बताए । उनले एडिलेडमा रहनुभएका सम्पूर्ण नेपाली भाषा साहित्य प्रेमीहरुलाई उपस्थितीको अनुरोध समेत गरेका छन् 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार ०६:३२