६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्‍यो ५० लाख

६ कार्तिक, काठमाडौँ । युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीले उक्त रकम हालै नेपालमा बाढीपहिरोका कारण विभिन्न स्थानमा भएको क्षति तथा पीडितहरूलाई सहयोग गर्ने प्रयास स्वरुप हस्तान्तरण गरेको हो।

नेपालमा हालै मात्र बाढी र पहिरोले भएको क्षति तथा पीडित समुदायमा निम्त्याएको दुःखद घडीमा सहयोगको लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका लागि सामग्री उपलब्ध गराएको छ।

यधपी यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशकरसिइओ अम्लान मुखर्जी अथवा संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापनाका लागि भनी उक्त रकमको चेक हस्तान्तरण गरेका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १३:०८