६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

आज पनि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६६ हजार नजिक

६ कार्तिक, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को नयाँ रेकर्ड बनिरहेको छ । सोहीअनुसार मंगलबार पनि सुनको  मूल्य ३०० रूपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम भएको चाँदी यस दिन बढेर २ हजार १०० रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १०:५९