५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

सरकारी सञ्चार माध्यममा मातृभाषाका सेवा थप भएकामा स्वागत

५ कात्तिक, काठमाडौँ । सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न भातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ को ध्यानाकर्षण बुझाउने क्रममा सहभागी नेवाः समुदायका अगुवा मल्ल के सुन्दरले राष्ट्रिय समाचार समिति (रासस) बाट नेपाल भाषा र मैथिली भाषा, नेपाल टेलिभिजनबाट नेपाल भाषामा हालै समाचार सेवा सञ्चालन भएकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको हो । यही अवधिमा गोरखापत्र दैनिकले रानाथारु र दनुवार भाषामा समाचार सेवा आरम्भ गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १७:५२