५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

तिहारका लागि ‘पाला’ बनाउन भक्तपुरका कुमालेलाई भ्याइनभ्याइ (फाेटाे फिचर)

५ कार्तिक, काठमाडौँ । भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ भएको छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायहरू आफ्नो पुर्खौली पेशा अन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् । उनीहरु गाग्री, आरी, धुपौरो, दियो, गमला, स्ट्रे लगायतका माटाका सामानहरू अर्थात् सजावटका विभिन्न सामाग्रिहरू बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारका लागि बत्ती बाल्न चाहिने माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ । अहिले बिजुली बत्ति बाल्ने गरेपनि पालाको प्रयोग कायमै छ ।

वर्षेनीको तिहारमा पालाको माग धेरै नै हुने गरेकोले उनीहरू अहिले देखि नै पाला बनाउन व्यस्त छन् । अहिले सामान्य पाला को मूल्य १२ वटाको ४० रुपैया अनि बुत्ता भरेको १ वटाको २० रुपैयाँमा बिक्री भइरहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १४:१८