२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

बिग ब्यास लिगकाे दोस्रो खेलमा पनि सन्दीपको सान्दार प्रदर्शन, होबार्ट हरिकेन्सबिरुद्ध लिए ३ विकेट

९ पुस, काठमाडाैँ । सन्दीप लामिछानेले बिग ब्यास लिग अन्तरगत आफ्नो दोस्रो खेलमा पनि शानदार प्रदर्शन गरेका छन् । हाल मेलबर्न स्टार्ससँग आबद्ध रहेका सन्दीपले होबार्ट हरिकेन्सबिरुद्ध ३ विकेट लिन सफल भएका हुन् ।

४ ओभर बलिङ गर्दै सन्दीपले मात्र २४ रन खर्चेर ३ विकेट लिएका हुन् । यस क्रममा उनले ९ डट बल दिएका थिए । उनले म्याथ्यु वेड, बेन म्याकडर्मोट र एलेक्स डुलानलाई आफ्नो शिकार बनाए । पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १३:३८