४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

४ कात्तिक, काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई अदालतमा आज पेश गरिएको थियो ।

शुक्रबार काठमाडौँकाे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको भन्दै सूर्य थापा नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।

गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छबिलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १७:३८