४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

सुनको मूल्य अहिलेसम्मकै धेरै, कतिमा हुँदैछ कारोबार ?

४ कात्तिक, काठमाडौँ । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै धेरै हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि शुक्रबार १ लाख ६४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा ९५ रुपैयाँ  बढेको छ । योसँगै आज चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । गत शुक्रबार भने चाँदी १ हजार ९८० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १०:५५