८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पोखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ता आमनेसामने, दुवै पक्ष प्रदर्शनको तयारीमा

३ कार्तिक, पोखरा । पुर्व गृहमन्त्रि अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने हुने भएका छन् । पक्राउपछि पोखरामा पार्टी कार्यकर्ता र सहकारी पीडितले छुट्टा छुट्टै प्रदर्शन गर्ने आयोजना समेत गरेका छन्। सरकारले लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको भन्दै रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रने तयारी गरेका हुन् ।

त्यस्तै, रास्वपाको प्रदर्शनले लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस् भनेर खबरदारी गर्न सहकारी पीडीतले पनि प्रदर्शन आयोजना गरेको सहकारी पीडितहरूले बताएका छन् ।

रास्वपाको विरोध सभामा भने उपसभापतिद्वय स्वर्णिम वाग्ले, डिपी अर्याल र प्रवक्ता मनिष झा लगायतले शनिबार पोखरामा संवोधन गर्ने कार्यक्रम रहेको रास्वपा गण्डकीका सचिव एकराज न्यौपानेले बताए ।

यता सुर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफुहरु पनि प्रदर्शनको तयारीमा जुटेको बताए।

उनले भने- ‘रवि लामिछाने निर्दोष हो कि दोषी त्यो अदालतले भन्ने करा हो, सडक आन्दोलन गरेर अनुसन्धान प्रभावित गर्न पाइदैन, हाम्रो प्रदर्शन रविमाथि अनुसन्धान प्रभावित नहोस् भनेर खबरदारी गर्न मात्र हो।’

यधपी रास्वपाले प्रदर्शन स्थगित गरेमा आफुहरुले पनि कुनै प्रदर्शन नगर्ने उनले बताए।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ११:५४