२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

जब रवि लामछानेले संसदको विशेष अधिवेशन माग गरे…

२ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेले संसदको विशेष अधिवेशन बोलाउन माग गर्नुभएको छ । प्रतिपक्षी दलहरूको शुक्रबार बिहान नयाँ बानेश्वरमा भएको बैठकमा लामिछानेले विशेष अधिवेशन मागका लागि हस्ताक्षर गर्ने प्रस्ताव राख्नु भएको हो ।

बैठकमा ैठकमा आत्तिएको भावमा प्रस्तुत हुनुभएको लामिछानेले आजै हस्ताक्षर राष्ट्रपतिलाई बुझाउने गरी काम गर्न प्रस्ताव राख्नुभएको हो । लामिछानेको प्रस्ताव अनुसार हस्ताक्षर संकलनका लागि परतिपक्षी दलहरूले माओवादीबाट शक्ति बस्नेत, रास्वपाबाट शिशिर खनाल र नेकपा एकिकृत समाजवादीबाट राजेन्द्र पाण्डे सद्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको छ । आफू पक्राउको डरले लामिछानेले यस्तो प्रस्ताव राखेको बुझिएको छ । बूठकमा सहभागी लोसपा अध्यक्ष महन्थ ठाकुरले भने लामिछानेको प्रस्तावमा असहमति जनाउनु भएको छ । ठाकुरको असहमति पछि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यसमा पाँच दललेमात्र हस्ताक्षर गर्ने बताउनुभएो थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १२:४८