२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सानिमा क्यापिटलद्धारा लाभांश घोषणा

२ कात्तिक, काठमाडाैँ । सानिमा क्यापिटलले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशतका दरले ३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश पारित गर्न कात्तिक २६ गते नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ०९:५८