२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२ कात्तिक, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौँको सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफुले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ०९:३१