१ कार्तिक २०८१, बिहीबार | Thu Oct 17 2024

सुनको मूल्यमा लगातार पाँचाै दिन पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

१ कार्तिक, काठमाडौँ । साताको पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, बिहिबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार ११:०१