६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

-लक्ष्मण सिटौला

सामुन्द्रीक छेउको एक वृक्ष हागोमा बसिरहेको कागलाई असाध्य पानी प्यास लाग्यो । किनारमा उर्लिरहेको छाललाइई हेरी पानीको प्यास मेटिदैन र किनारमा ओर्लिएर जाउ भने पनि आफ्नो सजाती कोहि देखिदैन न केही पो हुने हो कि भनेर काग चिन्तित थियो । तल किनारमा राजहाँस बडाे आनन्दले पानीमा खेलिरहेको थियो । बाठाे कागले बुद्धि लगाउदै सोच्यो कि किन म यो राजहाँससँग मीत नलगाउ र त्यो सङ्लो पानी र वरिपरि मिल्ने माछा खादै आनन्द नलिउ ?

यति सोचिसकेपछी काग किनारसम्म उडेर गयो। रजहास सग बिनय गर्यो। मीत लगायो । पानी पियो । कयौं समयदेखि लागेको प्यास मेटयो । पानी पिएर काग आफ्नो कागहरुको बथानमा उडेर गयो । हासले मनमनै सोच्यो कि हाम्रा मितज्यू कस्ता स्वार्थी पो रेछन । मीत लगाए/ साइनो बनाए / र प्यास मेटे अनि गए । सुख दुखका कुराहरू केही सोधपुछ गरेनन । अखिर काग न परे यिनी । गन्हाउने सिनु खाने जात । मनमनै दुख मान्यो हासले।

फेरि एकदिन काग पानी पिउन किनारमा ओर्लियो ।

हाँस किनारमा आनन्दले चरिरहेको थियो । काग आएको देखेर हाँसले भन्न थाल्यो -” निर्मल पानीमा बस्छु । सितलता ताप्छु । मोति खान्छु । सागरमा बस्छु। सेतो छु । पानीमा तैरन्छु । सफा छु । म यो समुन्द्री तटको राजा “

मीतज्यूको फुर्ती सुनेर कागले मनमनै बिचार गर्यो ” यिनलाई आफ्नो रुप, यौवन, वातावरण , जात, र वैभवता प्राप्ती प्रति यत्रो घमण्ड है ! पख समय आउला मेरो पनि र तिम्रा सेखी झारुला…

पानी पिउन आएको मितज्यूलाई हेरि यति धक्कु लगाएपछी हाँस चुपचाप लाग्यो र कागको सेखी झारे भनेर आन्दित भयो।

हाँसको कुरा सुनेर कागले भन्यो – ” त्यस्तो मलाई खसालेर नभन्नुसन मितज्यू ! कालो हुनु मेरो दोष हो र ? जस्तो प्राकृतिले बनाइदियो म त्यस्तैत बने । तपाईको भन्दा म पनि कम वैभवशाली स्थानमा बस्दिन किन गिज्जाउनुहुन्छ ? नपत्याए हिंड्नुस म तपाईलाई मेरो बास्स्थानमा लैजान्छु जानुहुन्छ?”

मीतको कुरा सुनेर हाँसले पनि मनमनले सोच्यो ” यिनी आफैँत मरेको सिनु खान्छन यिन्को बासस्थान कस्तो होला ! तै पनि यिन्का सेखी झार्नुछ “

” ल ठिक छ मीतज्यू जाउ हिड्नुस तपाईंको बासस्थानतिर “

दुबै समुन्द्र किनारबाट निस्किए । काग उड्न सक्ने तर हास कागको बेगमा उड्न नसक्ने । कागले फेरि हाँसलाई भन्यो ” खोइत मीतज्यू तपाईं अघित खुब फुर्ती गर्नुहुन्थ्यो म जस्तो बलवान् बेगवान वैभवशाली सफा सेतो कोहि छैन भन्नुहुन्थ्यो अहिलेत मेरो बेगमा उड्नु सक्नुहुन्न नि “

हाँस चुपो लाग्यो र कागले आफुलाई खसालेर बोलेको कुरा मनमा लिरह्यो । कुनैबेला मौका पर्यो भने यिन्लाई सेखी झार्नुपर्छ भनेर मनमनै बिचार गर्यो । धेरै पर गएपछि मानिसहरूको बस्ती नजिक पुगे । हास थाकेको थियो । पसिना र थकाइले उ चुर चुर थियो । मरेको जनावरहरुको दुर्गन्ध, रागा बोका खसीका हाडखोड र कुहिएका जनावरको दुर्गन्ध चारैतिर फैलिएको स्थानमा पुगेपछि हासले कागलाई भन्यो – ” हरे! मीतज्यू तपाईंको बासस्थान यहि नरक हो जहाँ सिनो र कुहिएको मासुको गन्धले म बेहोस हुनलागी सके”

कागले भन्यो “अघिसम्मत धेरै फुर्ती लगाउनुभाथ्यो मोति खान्छु निर्मल पानीमा बस्छु म सेतो सफा हास भनेर । हेर्नुस यो पनि जीवन हो । चिन्ता नगर्नुस मीतज्यू म बसेको ठाँउत अर्कै छ जहाँ बाग बगैँचा फूलहरुका बासना मीठा मीठा फलहरुको आस्वादन गर्न पाइन्छ “

सिनोको गन्धले घायल भएको हाँस थाकेको थियो । ल ठिकैछ यिन्का दरबार कस्ता रेछ हेरौनत भन्दै दुवै फेरि उडे र नभन्दै एउटा भब्य राजदरबारको बगैंचामा पुगे। एउटा हागामा दुवै बसे र आराम गरे। नभन्दै फलफूल र सुगन्धले भरिपुर्ण भएको यो ठाउ अत्यन्तै सुन्दर थियो ।

दरबार भित्र बसेका राजा सितल ताप्न बाहिर बगैंचामा त्यही रुखको फेदमा आए जहाँ माथि हास र काग बसेका थिए । त्यतिनैबेला रुखको हागामा बसेको कागले राजाको श्रीपेचमा बिष्टयाइदियो । र उ फुत्तै उडेर गयो । हासलाई थकाइ लागेको थियो । एक्छिन त्यही बस्यो ।

राजाको श्रीपेचमा बिष्टयाउने यो कुन मूर्ख चरा हो यस्लाई बाण हानेर झारिहालत भन्ने आदेश पाएपछि शिपाहीले कस्सेर बाण ताक्यो र हास भैमा झर्यो । आफ्ना पखेटा बाट तरतरी रगत चुहिदै गरेको घायल हासले राजालाई बिन्ती गर्यो
” महाराज मैले हजूरको श्रीपेचमा बिष्टयाउने किन साहस गर्थेर । यो त हाम्रो मीतज्यूको काम हो, मैले होइन । अरुले गरेको कुकर्मको लागि मलाई किन सजाए दिनुभयो “

राजाले माफी मागे र भने ” हे राजहाँस तिमीमा पनि फुर्ती बढेको थियो । कागलाई आफ्नो बारेमा धाक लगाएका थियौ।आफ्नो वैभवताको तिमीलाई घमण्ड थियो । मैहु भन्थ्यौ। म जस्तो निर्मल र सफा कोहि छैन भन्थ्यौ । र कागले तिम्रो घमण्ड तोडफोड गर्यौ त्यसैको परिणाम तिम्ले भोग्यौ। समुन्द्र किनारको पानी तिम्रो निजि सम्पत्ती त थिएननि फेरि तिम्ले त्यसमा आफ्नो हक जमायौ ।

प्यासीले आफ्नो प्यास मेटाउन तिम्रो अनुमती लिनुपर्ने यो प्रकृति बिपरितको कार्य थियो ।पखेटा बाट रक्तस्राव भैरहेछ। उपचार नगरे तिमी पनि कुहिएर फतक्कै गल्छौ अनि कहानिर जिवित रहन्छ तिम्रो सुन्दरतता ! ल भैगो तिम्रो प्राण बचाउनु मेरो कर्तव्य हो । पखेटामा उपचार गरेपछि मेरा शिपाहीहरुले तिम्लाई समुन्द्र सम्म छोडेर आइदिनेछन । राजाको वचन सुनेर हास लज्जित भयो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १०:०८