३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

सिद्धार्थ बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस दिने

६ चैत, काठमाडाैँ । सिद्धार्थ बैंकको आइतबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिको पुस २० गते सम्पन्न २८५ औं बैंठकले प्रस्ताव गरेको बोनस साधारणसभाले पारित गरेको हो ।

सभाले चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँको १४ प्रतिशत बराबरको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बोनस गर्ने निर्णय गरेको हो । बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुगेको छ । बैंकले बोनसअघि कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर विक्री गरिरहेको छ । हकप्रदलाई पूँजीकरण गर्दा बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।

फागुन मसान्तसम्म बैंकले ८७ अर्ब ५७ करोड रुपैयाँ कुल निक्षेप संकलन गरि ७९ अर्ब २९ करोड रुपैयाँ कर्जा विस्तारबाट एक अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले ३ एक्स्टेन्सन् काउन्टर सहित १०० वटा शाखा कार्यालय, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १२:२९