२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पाँचखालका नगरप्रमुख खरेलले तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने

२१ असोज, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गर्नुभएको छ । उहाँले कार्यपालिका बैठकबाट तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गर्नुभएको हो ।

खरेलले सोे रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताउनुभयो । “पाँचखालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा बढी जनधनको क्षति भएको छ, यसकारण मैले व्यक्तिगत रूपमा यस प्रकारको आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको हुँ”, उहाँले भन्नुभयो । हालैको बाढीपहिराले काभ्रेपलाञ्चोकमा धेरै जनधनको क्षति भएको छ ।

पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रपलाञ्चोकमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १४:१९