२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

२० असोज, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आज मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले सेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०५ बोनस सेयर र ५.५३५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट श्री नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ ।

आ.ब २०८१/८२ को लागि एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १९:२९