२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

५६ अंकले बढ्याे सेयर बजार, ६ अर्ब २३ करोडकाे काराेबार

२० असोज, काठमाडौँ । आज सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार ५६ अंकले बढेर २६५३ को विन्दु कायम भएको छ । यसदिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ ।

३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै एनआरएनको २५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यस्तै मध्ये भोटेकोशीका लगानीकर्ताले ९ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । स्टर्न हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ६८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १५:१८