१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

१९ असोज, काठमाडौँ । काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ । शनिबार विहान ७ः५५ बजे काठमाडौँबाट लमजुङ जाँदै गरेको बा १४ च.३८५५ नं. को हाइ लक्स गाडी नुवाकोटको काफलडाँडास्थित टोखा छहरे सडक खण्डमा सडकबाट झण्डै ५०० मिटर तल खसेको हो ।

दुर्घटनामा परेर चालकको घटनास्थल या मृत्यु भएको छ । अन्य १ महिला १ पुरुषलाई उपचारको लागि काठमाडौँको ग्रिन सिटी हस्पिटल लगिएको छ । उक्त गाडीमा ४ जना पुरुष र २ जना महिला रहेका थिए । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार १०:२६