२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

सर्वाधिक पुरस्कार राशिको इपिएलको उपाधि ज्ञानेन्द्र मल्लको ललितपुरलाई

७ पुस, काठमाडाैँ । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि ललितपुरले हात पारेको छ।ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुरले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा भैरहवालाई हराउँदै उपाधि उचालेको हो ।

उपाधिसँगै ललितपुरले नगद २१ लाख रूपैयाँ पाएको छ । ललितपुरले भैरहवासामू १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो । तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो । यो इपिएलको दोस्रो संस्करण हो ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार १६:४३