२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

ए डिभिजन लिग फुटबलः सशस्त्र प्रहरीको एपीएफ मैदानमा अाज दुर्इ खेल हुँदै

७ पुस, काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा अाज २ वटा खेल हुँदैछ । सशस्त्र प्रहरीको एपीएफ मैदान हलचोकमा दुवै खेल हुने छ । बिहान ११ बजे हुने पहिलो खेलमा दुवै ललितपुरे क्लब थ्री स्टार र च्यासल भिड्दै छन् । अाजै दिउँसो साढे २ बजे संकटा र ब्रिगेड ब्वाईज भिड्ने छन् ।

जारी प्रतियोगितामा थ्री स्टार ९ खेलमध्य ७ खेलमा जित र एक खेलमा बराबरी तथा एक खेलमा पराजित हुँदै २२ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको थ्री स्टारभन्दा शीर्ष स्थानको मनाङको ५ अंक बढी भएकाले आजको खेलमा थ्री स्टार विजयी भए उपाधि होडमा आफूलाई पनि उभ्उने छ। संकटाले अहिलेसम्म ९ मध्य ८ खेल जित्दै २४ अंकका साथ दोस्रो स्थानमा राख्दा ब्रिगेडले जारी लिगमा एउटा मात्रै जितको स्वाद चाखेको छ ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार ०८:४८